आजदेखि नि’षेधाज्ञा उल्ल’ङ्घन गरे एक वर्ष कैद

जिल्ला प्रशासन का’र्यालयले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । मङ्गलबारदेखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसा’धनलाई कारबाही गरिने भएको हो ।

निषेधाज्ञा उल्ल’ङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली’प्रसाद पराजुलीले कोभिड–१९ नियन्त्रणका लागि जारी निषे’धाज्ञा पालना नभएमा नगद जरिवाना तथा कैद सजाय दुवै हुन सक्ने बताए । यो खबर आजको गोर’खापत्र दैनिकमा छापिएको छ ।

यो पनि पढ्नुहोस्, नेपा’ल राष्ट्र बैंकले ९ प्रतिशत ब्याजदरमा २ अर्ब रुपैयाँको पाँ’चवर्षे नागरिक बचतपत्र विक्री खुला गरेको छ । नेपाल सरकारका तर्फबाट राष्ट्र ऋण व्यव’स्थापन विभागले जेठ ११ गतेदेखि असार १ गतेसम्मका लागि नागरिक बच’तपत्र २०८३ विक्री खुला गरेको हो ।

गत आर्थि’क वर्ष जेठ १ गतेदेखि २१ गतेसम्म ४ अर्ब बराबरको पाँचवर्षे नागरिक बचतपत्र विक्री खु’ला गरेको थियो । तर, कोभिड–१९ तथा बन्दाबन्दीको प्रभावका कारण आ’व्हान् गरेको रकम खरीदकर्ता नआएपछि १ महीना स’मय थपेको थियो ।

बच’तपत्रमा केन्द्रीय बैंकले राम्रै ब्याजदर कायम गरेको छ । वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा अधि’कतम साढे ८ प्रतिशतको हाराहारीमा मात्रै ब्याजदर कायम गरेका छन् । राष्ट्र बैंकले ९ प्रतिशत ब्याजदरमा उक्त रकम बराब’रको बचतपत्र विक्री खुलाएकाले तोकिएको अवधिभित्रै विक्री हुने अनुमानसमेत गरेको छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छा’पिएको छ ।

प्रतिकृया दिनुहोस्