स्थगित परी’क्षा साउनमा लिने त्रिविको तया’री

त्रिभुवन विश्वविद्यालयले कोरो’ना (कोभिड–१९) का कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउन महि’नाभित्र सञ्चालन गर्ने भएको छ । लामो समयदेखि रो’किएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा अ’ध्ययन गर्न बाध्य भएकाले स्नातक तह प्रथम वर्षको परीक्षा साउनभित्रै लिने गरी विश्वविद्यालयले आन्त’रिक तयारी थालेको हो ।

परीक्षा फाराम जेठ २० गतेसम्म भ’राउने तथा छुट भएका विद्यार्थीले अनलाइनबाट फाराम भर्ने व्य’वस्था मिलाइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । केही दिनभित्रै परीक्षाको कार्यता’लिका नै प्रकाशन गरिने छ ।

हाल त्रिभुवन विश्ववि’द्यालयमा स्नातक तह प्रथम वर्षमा दुईवटा समूह अध्ययनरत छन् । पुरानो प्रथम वर्षका विद्या’र्थीले प्रथम वर्षमा अध्ययन गर्न सुरु गरेको १९ महिनाभन्दा बढी भइसकेको छ तर परीक्षा हुन सकेको छैन । यस पटक स्ना’तक तहमा दुई लाख ५० हजारको हा_राहारीमा विद्यार्थी सहभागी हुने अनुमान छ ।

मौका परीक्षाको अव’सरसमेत भएकाले गत वर्षको तुलनामा विद्यार्थी बढ्ने त्रिविको अनुमान छ । गत वर्ष स्नातक तह पहिलो वर्षमा दुई लाख ३० हजार विद्यार्थी परीक्षामा सह’भागी थिए । विद्यार्थीको परीक्षा फाराम सङ्कलन भएपछि मात्रै विद्यार्थीको अन्तिम टुङ्गो लाग्ने ज’नाइएको छ ।

परीक्षा मोडेलको निर्ण’य छिट्टै परीक्षाको मोडेलका बारेमा अर्को सातास’म्म विश्वविद्यालयले निर्णय गर्ने भएको छ । वार्षिक परीक्षा प्रणालीका विद्यार्थी भएका कारण अनलाइन माध्य’मबाट परीक्षा लिने कुरा भने सम्भव नहुने परीक्षा निय’न्त्रक जोशीले स्पष्ट गर्नुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्