लक्षणरहित कोरोना संक्रमण कसरी थाहा पाउने ? यस्तो छ डाक्टरको सल्लाह..

अहिले विश्वमा २५ देखि ४० प्रतिश’त लक्षण’बिहीन कोरोना संक्रमण फैलिएको छ । अचानक उच्च ज्वरो आउनु, लहरेखोकी जस्तो सुख्खा खो’की लाग्नु, बोल्दा तथा सुत्दा पनि सास फेर्न गाह्रो हुनु, एकदम जाडो हुनु, बान्ता आउनु, पखा’ला लाग्नु तथा असा’ध्यै थकाइ लाग्नु कोरोना संक्रमणका लक्षण हुन् ।

सुरूमा यी लक्षण’हरु देखि’एर बिरामी थला पर्ने, अस्पताल जाने तथा परिक्षण खोज्ने प्रचलन थियो र अहिले पनि छ । तर पछि लक्षण नै नदेखिने कोरोना संक्र’मणले मान्छेमा थप त्रास उत्पन्न गराएको छ । अनुसन्धान’ले बताए अनु’सार लक्षण नदेखिने कोरोना संक्रमणमा पनि केहि संकेत देखिन्छ । जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डे’का अनुसार निम्न संकेत देखिन्छन् ।

-सामान्य ज्वरो आउनु
-थकान हुनु, मांशपेशी तथा टाउको दुख्नु
-कहिलेकाँही रुघाखोकी लाग्नु, नाक बन्द हुनु
-सास फेर्न खासै गाह्रो नहुनु
-ज्यान’मा कुनै असर नदेखिनु

यस्ता लक्षण ८५ प्रतिशत व्यक्ति’मा आफै हराउँछन् । परीक्षण गर्दा पोजि’टिभ देखिन्छ । अधि’कांश व्यक्ति’मा १ महिनापछि समेत जाँच गर्दा एन्टिबोडी पोजिटिभ देखिन्छ ।

बाँकी १५ प्रतिशत मध्ये आधा ४ हप्ता आइसोलेसनमा बसेपछि, लाक्षणिक उपचार गरे’पछि निको हुन्छ भने अन्य बाँकी ७.५ प्रतिशतलाई आइसीयु / भेन्टिले’टर चाहिने हुनसक्छ । लक्षण बिहीनको मृ’त्युदर पनि २ देखि ३ प्रतिशत छ ।

लक्षणबिहीन बिरा’मीले रोग कसरी सार्छ त भन्ने जिज्ञासा आम मान्छे’मा छ । लक्षणबिहीन संक्रमित’लाई खोकी वा हाच्छ्युं नआएपनि उसले सास फ्याँक्दा तथा कुरा गर्दा आँखा’ले देख्न नसक्ने कणहरु सतहमा, नजिक हावामा, उसले छोएका ढोकाको ह्यान्डिल, चुकुल, रेलिंग, भाँडाकुँडा, टावेल आदि’बाट अरु व्यक्ति’लाई रोग सार्दछ ।

७० बर्ष माथि उमेर भएका व्यक्ति, मुटु / फोक्सो / मृगौलाको खराब स्थिति भएका, इम्युन डिफि’सिएन्सी भएका, स्टेरोइड सेवन गरिरहेका तथा अंग प्रत्यारोपण गरेका व्यक्ति जोखि’म मानिन्छ ।

त्यसैले यी अवस्था’का बिरामी संक्रमण’बाट बच्नको लागि आफ्नै घरमा पनि परिवारका सदस्य’संग दुरी कायम गरेर बस्नु’पर्ने हुन्छ। मुख्य कुरा त इम्युनिटी पावर नै हो । पोषि’लो खाना, व्यायाम, पर्याप्त निद्रा, मनोरंजन आदिबाट रोगसँग लड्ने क्षमता ब’ढाउनु पर्दछ । – खबर हब

प्रतिकृया दिनुहोस्