कोरोना महा’मारीको दोस्रो भेरियन्ट देखापरेसँगै सङक्रमितको चाप बढेको छ । लक्षण सहित कोरोना पोजेटिभ देखिएका’हरूलाई फोक्सोमा असर गर्ने तथा निमोनिया हुनेजस्ता जटिलताले अघिल्लोभन्दा यस पटक अस्पता’लमा भर्ना हुने बढ्दो छन् । अहिलेको जोखिममा ज्यानको पर्वाह नगरी अस्पतालमा दिनरात चिकि’त्सक, नर्ससहितका स्वास्थ्यकर्मी अहोरात्र खटिरहेका छन् ।
निरन्तर सेवामा खटिरहँदा कतिपय चिकि’त्सक, नर्स एवम् अन्यस्वास्थ्यक’र्मी आफै पनि सङ्क्रमित हुन पुगेका छन् । नेगेटिभ रिर्पोट आएको भोलिपल्टै सेवामा खटि’नुपर्दा पर्याप्त आराम गर्ने समय पनि यतिबेला चिकित्सक, नर्ससहितका स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूलाइ नभएको उनी’हरू बताउँछन् ।
कन्सल्टेण्ड फिजि:सियन डा. सरोज पोख्रेल भन्नुहुन्छ, “अहिलेको कठिन अवस्थामा तन, मनलाई थकान गर्न दिने छुट छैन । आँखा अगाडि बिरामीको छटपटाहट देख्दा भोक, प्यास र परिवारनै विर्सन्छौँ ।” डा. पोखरेल यो अवस्था सृजना हुनुमा स्वयम् मानिस:नै दोषी भएको ठान्नुहुन्छ । “मानिस स्वयम्कै कारणले यो सब भैरहेको छ, सामान्य स्वास्थ्य माप’दण्ड पनि नअपनाइँ हामी हिडिरहेका छौं । मानिसको आवागमन नरोकिएसम्म र स्वास्थ्य सतर्कता नअपनाएसम्म हामी सुरक्षित हुन सक्दैनौं”, उहाँले स्वास्थ्य सामान्य विषय नभए’काले विशेष सर्तकता अपनाएर आफू र आफन्तलाई जोगाउन सबैको सकारात्मक भूमिकाको खाँचो औल्या’उनुभयो ।
सहप्राध्या’पक एवम् वरिष्ठ फिजिसियन डा. सुवास भट्टराई अहिले डाक्टरहरू मानसिक र शारीरिक रूपमै निकै थकित भएर बिरामीको उपचारमा खटिरहेको बता’उनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले धेरै चिकित्सक एवम् स्वास्थ्यकर्मी जोखिम मोलेर सेवामा निरन्तर लागिरहनु भएको छ, कतिपय चिकित्सक जिम्मेवारी निभाउँदा आफै सङ्क्रमित हुन पुग्नु भएको छ ।” उहाँ थप्नुहुन्छ, “उपचारमा खटिरहँदा र उपचार गर्दैगर्दा बिरा’मीलाई बचाउन नसक्दा उनीहरूमा पनि मानसिक तनाव र नैराश्यता आउँछ नै तर पनि अहिलेको कठिन अवस्थामा थकित भएँ, गाह्रो भयो, आराम गर्छु भनेर कुनै चिकित्स’क घरमा बस्नु भएको छैन ।”
उहाँले आ’फन्त परिवारबाट टाढा रहेर निरन्तर सेवामा खटिएकाले चिकित्सक एवम् स्वास्थ्य’कर्मीको मनोबल कमजोर हुने खालका टिकाटिप्पणी सामाजिक सञ्जाल’हरूमा पोष्ट नगर्न पनि आग्रह गर्नुभयो ।
पश्चि’माञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराका उपप्रा’ध्यापक एवम कोभिड मेडिकल वार्डका डा. डेभिड श्रेष्ठ आफ्नोबारेमा भन्दा पनि बिरामीको स्वास्थ्यलाई प्राथमिक:तामा राखेर निरन्तर सेवामा खटिएको बताउनुभयो । “हाम्रो पेशा मात्र होइन धर्म पनि हो, अहिलेको महामारी औषधिले मात्रै निको हुने खालको छैन, यस्तो अवस्थामा बिरामीलाई आवश्यक परा’मर्शसहित आत्मबल उच्च बनाउने हाम्रो पहिलो कर्तव्य हो”, डा श्रेष्ठ भन्नुहुन्छ । उहाँले बिरामीका सम’स्या बाहेक अहिले चिकित्सकलाई परिवार, आफन्त इष्टमित्रसँग हालखबर सोध्ने समय समेत खासै नभएको बताउ’नुभयो ।
पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेजका आवासीय चिकित्सक डा. विराज बरा’ल शारीरिक र मानसिक रूपमा निकै थकित भएपनि कर्तव्य र जिम्मेवारीसँगै मानवीय सेवा’को लागि निरन्तर खटेको बताउनुहुन्छ । “निरन्तर सङ्क्रमितको उपचारमा छौ, कतिलाई बचाउन सकिन्छ कतिलाई सकिदैन, बचाउन नसक्दा एकदम नरमाइलो लाग्छ, मृतकका आफन्त’को अनुहारमा बगेको आँशुले हामीलाई पनि स्तब्ध बनाउँछ ।”
गण्डकी प्रदेश स्वास्थ्य निर्देश’नालयका निर्देशक तथा कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले हाल पोखरामा आठ हजार हाराहारीमा सङ्क्रमित होम आइसोलेसनमा रहेको र करिब साढे तीनस’यदेखि चारसय २५ जनाले अस्पता:लमा उपचार गराइरहेको जानकारी दिनुभयो । इताजा खबरबाट