१४९ सांसदको हस्ता’क्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दावी गरि’एको पत्र लिएर पुगेका विपक्षी गठबन्धनका नेताहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आ’फूले कानुन पनि हेर्ने बताएकी छन् ।
माओ’वादी केन्द्रका प्रवक्ता नारायण’काजी श्रेष्ठका अनुसार उनले प्रधानमन्त्री केपी शर्मा ओली पनि बहुमत दावी गर्न आ’एको भन्दै आफूले कानुन हेर्ने बता’एकी हुन् । ‘हामीले हस्ताक्षरसहितको दावी प्रस्तुत गर्यौं । उहाँले धेरै बोल्नु’भएन । म कानुन पनि हेर्छु, प्रधानमन्त्री पनि दाबी गर्न आउनुभ’एको छ भन्नुभयो,’ श्रेष्ठले भने ।
प्रधान’मन्त्री केपी शर्मा ओलीले एमाले र जसपाका गरी १५३ सांसदको समर्थन आफूलाई रहेको दावी राष्ट्र’पतिसमक्ष पेश गरेका छन् । तर, विपक्षी ग’ठबन्धनले भने ओलीले सांसदहरुको हस्ताक्षर पेश नगरेकाले उनको दावीको अर्थ नहुने बताएका छन् । विपक्षी गठबन्धनले हस्ताक्षर सहितको पत्र राष्ट्रपति कार्या’लयमा दर्ता गरेको छ ।
यो पनि पढ्नुहोस्,
बहुमत सांसदको हस्ताक्ष’रसहित प्रधानमन्त्रीमा दाबीका लागि राष्ट्रपति कार्याल’य पुगेका विपक्षी गठबन्ध’नका नेताहरुले राष्ट्रपतिबाट षड्यन्त्र हुन सक्ने बताएका छन् ।
१४९ सांसदको हस्ता’क्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दाबी गरिएको पत्र लिएर पुगेका विपक्षी गठब’न्धनका नेताहरुलाई राष्ट्रपति’ले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको पनि दाबी आएको बताएकी थिइन् । तर, विपक्षी दलका नेताहरुले ओलीले दाबी गर्न नमिल्ने भन्दै संविधानअनुसार प्रधा’नमन्त्री नियुक्त गर्न आग्रह गरेका थिए ।
जवाफमा राष्ट्र’पति भण्डारीले ओलीले पनि बहुमत पुर्याएर आएको बताएपछि विपक्षी दलका नेताहरुले आशं’का गरेका छन् ।
त्यहाँ सहभागि एक नेताले भने, ‘हामीले संविधानत ७६(५) अनुसार बहुमत सांसदको हस्ता’क्षर बुझाएका छौं । तर, राष्ट्रपतिले षड्यन्त्र नै गर्ने छाँट देखा’उनु भएको छ ।’
बहुमत सांसदको हस्ता’क्षरसहित विपक्षी दलका नेताहरु राष्ट्रपति कार्यालय पुग्नुअघि प्रधानमन्त्री ओली पनि राष्ट्रपति कार्या’लय पुगेका थिए । एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले एमालेको १२१ र ३२ सांसद रहेको जस’पाको समर्थन आफूलाई रहेको पत्र बुझाएर प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । त्यसपछि मात्रै राष्ट्रप’तिले विपक्षी दलहरुको दाबी पेस गरिएको पत्र बुझे’की थिइन् । इकान्तिपुरबाट