शिक्षा, विज्ञान तथा प्रवि’धि मन्त्री गिरिराज’मणि पोख’रेलले कुनै पनि तहको शैक्षि’कसत्र खेर नजानेगरी कार्य’तालिका बनाइने बताउनुभएको छ । अनेरास्व’वियूले आयोजना गरेको भर्चुअल अन्तक्र्रिया’मा आज उहाँले कोभिड–१९ का कारणले पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर पूर्वनिर्धा’रित सम’यावधि भित्रै शैक्षिक’सत्र पूरा गर्ने बताउनुभयो ।
वैकल्पिक सिकाइ सहजीक’रण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मूल्याङ्क’न र परीक्षाको अभिन्न अङ्ग बनाउने धारणा राख्दै उहाँले वैकल्पिक सिकाइका लागि सरकारअन्त’र्गत छुट्टै डेडिकेटेड शैक्षिक टेलिभि’जन खोल्ने तयारी गरेको बताउनुभयो ।
“मैले व्यवस्थि’त वैकल्पिक शि’क्षाका लागि प्रधानमन्त्री’ज्यूसँग छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने प्रस्ताव गरेको छु । प्रधानमन्त्रीले पनि त्यसलाई सका’रात्म’क लिनुभएको छ”, मन्त्री पोख’रेलले भन्नुभयो, “त्यस्तो टेलिभिज’नबाट बिहान माध्य’मिक तह, दिउँसो आधारभूत तह र साँझ विश्वविद्या’लय तहलाई सिकाइने व्यवस्था मिलाइनेछ ।”
कार्यक्र’ममा अनेरास्व’वियूका संयोजक ऐन महरले वैकल्पिक सि’काइलाई सबै विद्यार्थी’को पहुँचमा पु¥याउनुपर्ने धारणा राख्नुभयो । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामा’ङले कक्षा १२ को परीक्षाबा’रे अविलम्ब निर्णय गर्न आग्र’ह गर्नुभयो ।
विद्यार्थी नेताले वैक’ल्पिक सिकाइको पुनरावलोक’न गरी थप प्रभावकारी बनाइनुपर्ने, शैक्षिक’सत्रलाई जोगाउनुपर्ने, अवरुद्घ परीक्षा वैकल्पिक विधिबाट सञ्चा’लन गरिनुपर्ने, कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्या’न्वयन गरिनुपर्ने’लगायत विषयमा मन्त्री पोखरे’ललाई ध्या’नाकर्षण गराउनु भएको थियो ।
etajakhabar.com बाट साभार