घ’ट्न थाल्यो कुखुराको मा’सुको मूल्य

बजारमा कुखु’राको मासुको खपत घटेसँगै मूल्य पनि घट्न था’लेको छ । एक महि’नाअघि प्रतिकेजी ४ सय ५० रुपैयाँ रहेको मासुको मूल्य अहिले केजीमा एक सय रुपैयाँ’भन्दा बढी घटेको हो । अहिले बजारमा प्रति’किलो ३३० देखि ३४० रुपैयाँमा झरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गरिएको निषे’धाज्ञासँगै बजारमा मासुको खपत घट्दै गएको हो । खपत घटे’सँगै मूल्य पनि घटेको छ ।

राष्ट्रिय कुखुरा बिक्री व्य’वसायी संघ नेपालका अध्यक्ष जंग’बहादुर बिसीले निषेधाज्ञासँगै ब’जारमा कुखुराको मासुको मूल्य घटेर ३ सय ४० रुपैयाँमा झरेको बताए । कोरोना संक्र’मण बढ्दै गएपछि मासुको खपत घटेपछि मूल्य पनि घट्दै गएको उ’नको भनाइ छ । कोभिडका कारण होटेल रेस्टुराँ बन्द भएको र उपभोग नै कम हुन था’लेपछि मासुको खपत घट्दै गएको हो ।

संघका अनु’सार सामान्य अवस्थामा दैनिक ३ लाखदेखि साढे ३ लाख किलो मासु खपत हुने उपत्य’कामा हाल ८० देखि ९० हजार किलोमात्रै खपत भइरहेको छ । कोरोना संक्रमण नियन्त्रण गर्नका लागि १६ वैशा’खदेखि उपत्यकामा निषेधाज्ञा भएको थियो । उपत्यकामा सञ्चालित ठूला होटलदेखि रेस्टुराँ बन्द भएसँगै खप’तमा पनि ठूलो गिरावट आएको छ । मासु पसल बिहान १० बजेसम्म मात्र खुला हुने भएकाले पनि खपत घट्दै गएको व्यव’सायीको भनाइ छ ।

संघले गत महि’नामात्रै कुखुराको मासुको मूल्य हालसम्म्मकै उच्च तोकेको थियो । कुखुराको दानाको मूल्य, चल्लाको मूल्य तथा प्यारे’न्टको कमीका कारण मूल्य बढेको जनाउँदै आएको संघले कोरोना महामारी फैलिएसँगै भने मासुको मूल्य घटाइ’रहेको छ । संघका अनुसार बजारमा उत्पा’दन बढी र सोही’अनुसार खपत कम भएपछि यसको मूल्य बाध्यतावस घटाउनु परेको हो । यो खबर अजाको का’रोबार दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्