कोरोना सुन्ना’साथ पति नै बेप’त्ता

पेटमा दुई म’हिनाको बच्चा छ। शारीरिक अवस्था निकै क’मजोर छ। मुस्किलले खुट्टा टेकिन्छन्। कति दिनदेखि पेटभरि खान’समेत नपाएकी झापा चारआलीकी कञ्च’न रिजालको सोमबार कोरोना पोजे’टिभ देखियो।

सामा’न्य ज्वरो र खोकी लागिराखेपछि कञ्चनले आइतबार सकि’नसकी मेची अस्पताल पुगेर स्वाब दि’एकी थिइन्। सोमबार उनको रिपोर्ट पोजेटिभ आएपछि बसिराखेको घरबाट घरभेटीले निका’लिदिए। त्यसपछि माइतीको शर’णमा पुगेकी कञ्चनलाई त्यहाँ पनि छिमे’कीले बस्ने अनुमति दिएनन्।

उनी मंगलबार दिउँसो ४ बजेतिर श्रीमान्सँग चारआलीको आइतबारे हटिया लाग्ने ठा’उँमा गइन्। त्यहाँ श्रीमान्ले उनलाई एउटा टेन्ट’मुनि राखे। केही खानेकु’रा ल्याउँछु भनेर गएका, फर्कि’एरै आएनन्। बुधबार मेची कोभिड अस्पतालको आइसोलेसनमा पु’गेकी उनले भनिन्, ‘मलाई झुक्या’एर भाग्यो। अब मसँग न बस्ने ठाउँ छ न खानेकुरा। कोरोना जि_तेर फर्कें भने, कहाँ बस्ने होला ?’

मेची कोभिड अस्पता’लकी नर्स एनी रिजालका अनुसार रातको ११ बजे उनलाई वडाध्यक्षले अस्पताल ल्याइपु’र्‍याएका थिए। अस्पताल आउँदा उनीसँग एक जोर लुगा पनि थिएन। शरीर पूरै कामेको र बेस्स’री भो’काएकी थिइन्। बोल्नै न’सक्ने अवस्थामा रहेकी उनलाई केही खाना दिएपछि मात्रै बो’लेकी अस्पतालकी कर्मचारी लीला भट्ट’राईले बताइन्। उनले भनिन्, ‘आफन्त को छ, तपाईंको ?’ भन्दा ‘कोही छैन। कोरोना देखिएपछि बूढाले छाडेर भाग्यो। वडाध्यक्ष अंकलले अस्पताल ल्याइदि’नुभएको भनिन्।’

कञ्च’नमा अझै धेरै कमजोरी रहेकाले उनलाई स्लाइन दिइराखेको नर्स एनीले बताइन्। गर्भव’ती श्रीमतीलाई छाडेर मेचीनगर नगरपालिका– १३ चारआलीको तेलबारी बस्दै आएका सन्देश रिजाल फ’रार भएपछि कञ्चनको एक मात्र स’हारा टुटेको छ।

गाडीमा सहचा’लकको काम गर्ने सन्देश र कञ्चनले गत मंसिरमा विवाह गरेका थिए। कञ्चन १७ वर्ष मात्रै पु’गेकी छन्। विवाह गरेदेखि उनीहरू एउटा होटलमा काम गर्दै आएका थिए। श्रीमतीलाई कोरोना भएको थाहा पाएपछि सन्देश सम्प’र्कविहीन भएको हुन सक्ने वडा नम्बर १३ का वडाध्यक्ष कृष्णराज सिग्दे’लले बताए।

वडाध्यक्ष सिग्दे’लले भने, ‘कोरोना संक्रमित गर्भ’वती महिला बेवारिसे अवस्था’मा रहेको थाहा पाएपछि एम्बुलेन्स बो’लाएर नगरपालिकाको धाइजन स्वास्थ्य चौकीको आइसोले’सनमा पुर्‍याएँ।’ तर त्यहाँ उनको उपचार सम्भ’व नहुने मेयर र उपमेयरले बताएपछि आफूले राति ११ बजे मेची अस्प’ताल लगेको उनले बताए।

कञ्चनको माइतीपक्षको आर्थिक अव’स्था पनि अत्यन्त कमजोर रहेको वडाध्यक्षले बता’ए। सानैमा आमा गुमाएकी कञ्चनको घरमा वृद्ध हजुरआमा छिन्। उनको उपचारमा सह’योग गर्ने कोही भेटिएका छैनन्।

कञ्चनको बिच’ल्ली भएपछि उनका श्रीमान् स’न्देशको परिवारको खोजी सुरु गरिएको छ। आफूखुसी विवा’ह गरेकाले सन्देशको परिवार पनि सम्प’र्कमा आउन नचा’हेको बुझिएको छ। प्रहरी प्रशासन ल’गाएरै भए पनि कञ्च’नका श्रीमान्को खोजी गरिने वडाध्यक्ष सिग्देलले बताए। अन्नूर्णपोस्ट बाट

प्रतिकृया दिनुहोस्