एसईई र कक्षा १२ को परीक्षाको मो’डालिटी परिवर्तन गरिने

सरका’रले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी स’ञ्चालन गर्ने भन्ने सम्ब’न्धमा अध्ययन सुरु गरेको छ ।

आठ लाखभन्दा वि’द्यार्थीलाई कोरोना (कोभिड–१९)को सङ्कट भइरहँदा कसरी परी’क्षाको निकास दिने भन्नेबारे अध्ययन सुरु गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले परीक्षाको मोडा’लिटीमा बारेमा अध्ययन गर्न गठित कार्यदलले यस विषयमा अध्ययन थालिसकेको जान’कारी दिए ।

बोर्डले जेठ १३ गतेबाट ए’सईई तथा जेठ अन्तिम साताबाट कक्षा १२ को परीक्षा लिने निधो गरेको थियो । कोरोना बढ्दै गई निषे’धाज्ञाको चरणमा पुगे’पछि परीक्षा स्थगित गरी परिवर्तित परिस्थितिमा परीक्षाको मोडालिटीमा विषयमा अध्य’यन गर्ने निर्णय गरेको थियो ।

त्यस’का लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा अध्य’यन समिति गठन बनाइएको छ । बोर्डका अध्यक्ष डा. पौडेलले आफूहरूले कार्यदलकै अध्ययन प्रतिवेदन पर्खे’को र त्यसकै आधारमा उपयुक्त विकल्प’मा निर्णय गरिने जानकारी दिए । कार्यदल वैशाख २७ गते गठन गरिएको थियो । कार्यदललाई १५ दिनको समय’सीमा दिइएको थियो । यो समाचार आजको गोर’खापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्