अक्सिजनका लागि नाजिरले दिए एक लाख

अभिनेता नाजिर हुसेनले कोरोना सं’क्रमितका लागि अक्सिजन जुटाउन एक लाख सह’योग गरेका छन् । उनले महावीर पुनको संस्था राष्ट्रिय आविष्कार केन्द्र’लाई उक्त सहयोग दिएका हुन् । संस्थाले महामा’रीको समयमा स्वास्थ्य’कर्मीहरुलाई स्वास्थ्य सामाग्री र कोरोनाका बिरामीलाई अक्सिजन ग्यास निःशुल्क उप’लब्ध गराउँदै आएको छ ।

‘दर्शकको साथ र मा’याले आफु अहिलेको स्था’नमा आउन सफल भएको हो’ नाजिरले भने ‘दर्शकलाई कोरो’नाका कारण गाह्रो हुँदा म चुप लागेर बस्न सक्दिन ।’ नाजिरले आफुले आगामी दिनमा पनि सक्दा सह’योग गर्ने बताउँदै सबै’लाई पनि सक्दो सहयोग गर्न आग्रह गरे ।

यो पनि पढ्नुहोस्, फिल्म ‘प्रेमगञ्ज’को युनिट काठ’माडौं फर्किएको छ । काभ्रेको कात्तिके देउरा’लीमा वैशाखको पहिला सातादेखि छायाँकनमा रहेको फिल्म युनिट लकडाउन लम्बि’एको कारण सुटिङ रोकेर अहिले काठमाडौं फर्कि’एको हो ।

अहिलेसम्म फि’ल्मको ६० प्रतिशत छायाँंकन सकिएको निर्माण युनिटले जनाएको छ । फिल्मको बाँकी छा’यांँकन कोरोना महामारीको प्रभाव कम भएर निषेधा’ज्ञा हटेपछि हुनेछ । फिल्मका निर्देशक परिच्छेद सेन हुन् । प्रेम कथामा निर्माण भएको फिल्म’मा बेनिशा हमाल, सम्पदा बानियाँ, रश्मी भट्ट, नरेश पौडेल, तेज गिरी, रामबाबु रेग्मी, गीता अधिकारी, पवन भट्टराई, सं’जोग रसाईली,।

गित बिष्ट, राईडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का, अन्चित ढुङ्गाना लगायत कला’कारको अभिनय रहनेछ । चलचित्र चौतारीको ब्यानरमा निर्माण भैरहेको फिल्म’का निर्माता राजु फुयाँल हुन् भने कार्यकारी निर्माता अनन्त’मान श्रेष्ठ रहेका छन् । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्