घट्न थाल्यो संक्रमण र मृत्यु

कोरोना भाइरसबाट हुने दैनिक संक्र’मण र मृत्युदर केही दिनयता घट्न थाले’को छ। यससँगै निको हुनेको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा मुलु’कभर आइतबार ७ हजार ३ सय ६८ संक्र’मित थपिएका छन्। यही अवधिमा १ सय ४५ जनाको मृ’त्यु भएको छ। ६ हजार ६ सय ४८ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज’नाएको छ।

यसअघि शनिबार ८ हजार १ सय ६७ जनामा को’रोना पुष्टि भएको थियो। १ सय ८७ जनाको ज्या’न गएको थियो। ५ हजार ४ सय ५५ जना निको भएका थिए। मन्त्रालयको तथ्यांकअनुसार आइतबारसम्म सक्रिय संक्र’मितको संख्या १ लाख १० हजार २ सय ६३ पुगेको छ। मृ’तकको संख्या ५ हजार १ पुगेको छ। ३ लाख ३९ हजार ७ सय ५६ जना निको भए’का छन्।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले निषेधाज्ञामा क’डाइका कारण संक्र’मण र मृ’त्यु हुनेको संख्या घ’ट्न थालेको बताए। ‘एक सातायताको तथ्यांक हेर्ने हो भने कोरोना संक्र’मण र मृत्यु’दर घट्न थालेको छ’, प्रवक्ता डा। गौतमले भने, ‘सहरी क्षेत्रमा निषेधाज्ञा गरेका कारण संक्रमित हुने र मृ’त्यु हुनेको दर घट्न थालेको छ।’

ओम अस्पतालका डा। परशु घिमिरेले भने कोरो’नाको ग्राफ घट्यो भनेर अहिले नै ढु’क्क हुन नसकिने बताए। ‘म संक्रमित र मृ’त्यु हुनेको संख्या घट्यो भन्ने मान्न तयार छैन। जो मानिस घर वा अस्पताल आउनुभन्दा अ’गाडि नै बितेका छन्। उनीहरूको गणितीय संख्या अहिले आइरहेको संख्यामा ग’णना हुँदैन’, डा। घिमिरेले भने, ‘जसलाई लक्ष’णहरू देखिएका छन्। उहाँहरू मात्रै परी’क्षणका लागि आइरहनुभएको छ।’ डा. घिमिरेले अहिले पनि नेपाल कोरोना सं:क्रमणको ‘पिक’मै रहेको दाबी गरे। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्