स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपा’लका पाँच जिल्ला कोरोना संक्रमणमुक्त भए’को जानकारी दिएको छ ।
मंगलबारको तथ्यांक अनुसार सोलुखुम्बु, मुस्ताङ, हुम्ला, होल्पा र मुगु गरी पाँच जिल्लाका सबै संक्रमित निको भएर घर फर्किएका छन् । ती जिल्लामा संक्रमितको संख्या शून्य रहेको मन्त्रा’लयले जानकारी दिएको हो।
अन्य चार जिल्लामा भने एक हजा’रभन्दा बढी सक्रिय संक्रमित भएको स्वास्थ्य मन्त्राल’यले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौं, सर्लाही, रौतहट र प’र्सामा एक हजारभन्दा बढी सक्रि’य संक्रमित छन्।
त्यस्तै आठ वटा जिल्ला’मा भने ५०० भन्दा बढी सक्रि’य संक्रमित छन्। ललितपुर, चितवन र रुपन्देहीमा ५०० बढी संक्र’मित छन्। त्यस्तै बारा, धनुषा, महोत्तरी, मोरङ र सुनसरीमा पनि ५०० भन्दा बढी सक्रिय संक्रमित भएको मन्त्रालय’ले जनाएको छ। – खबर हब