नेपालमा पछिल्लो २४ घण्टामा थप १ ह’जार ६९ जनामा कोरोना भाइरसको संक्र’मण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगे’को छ । स्वास्थ्य तथा जनसं’ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेट’मा उक्त जानकारी दिएका हुन् ।
नयाँ थपिएका संक्र’मित मध्ये ३४४ जना महिला र ७२५ जना पुरुष रहेका छन् । डा गौतमका अनु’सार पछिल्लो २४ घण्टा’मा १२ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
कहाँ कति थपिए ?
डा गौत’मका अनु’सार प्रदेश १ का जिल्ला’हरुमा उदयपुरका एकजना, ओखल’ढुंगाका २ ज’ना, खोटाङका २ जना, झापाका १४ जना, पाँचथर’का एकजना, मोरङका १२ जना, सुनसरी’का ५६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै प्रदेश २ का जिल्ला’हरुमा धनुषा’का एकजना, पर्साका २ जना, बाराका ११ जना, महोत्तरीका २ जना, रौतहटका ५ जना, सप्तरीका एकजना, सर्लाहीका १९ जनामा को’रोना पुष्टि भएको छ ।
डा गौतमका अनुसार बागमती प्रदेशका जिल्लाह’रुमा काठमाडौंका ३९३ जना, काभ्रेका ८ जना, चितवनका ४५ जना, दोलखाका ११ जना, धादिङका ११ जना, नुवाकोटका २ जनामा पुष्टी भएको छ ।
भक्तपुरका ३० जना, मकवानपुरका ६ जना, रसुवाका एकजना, रामेछापका २ जना, ललितपुरका ५८ जना, सिन्धु’पाल्चोकका एकज’ना र सिन्धुलीका ६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै गण्डकी प्रदेशका जिल्ला’हरुमा कास्कीका ४ जना, गोरखाका ८ जना, तनहुँका ५ जना, नवल’परासी पूर्वका १५ जना,पर्वतका एकजना, लमजु’ङका ३२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै प्रदेश ५ का जिल्ला’हरुमा अर्घा’खाँचीका ९ जना, कपिल’वस्तुका ७ जना, गुल्मीका १३ जना, दाङका १३ जनामा पुष्टी भएको छ ।
नवलपरासीका ४ जना, पाल्पा’का एकजना, प्युठानका एकजना,बर्दियाका ७ जना, बाँकेका ३३ , रुकुम पूर्वका ए’कजना र रुपन्देहीका ९१ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै कर्णाली प्रदेशका जि’ल्लाहरुमा जुम्लाका २ जना, दैलेखका २ जना, सल्यानका एकजना र सुर्खेतका एकजनामा कोरो’ना पुष्टि भएको छ ।
यस्तै सुदूर’पश्चिम प्रदेशका जिल्ला’हरुमा अछा’मका १३ जना, कंचनपुरका ४ जना, कैलालीका २० जना, डडेल्धुरका २ जना, डोटीका २४, बझाङ’का ४० जना र बैतडीका १२ जनामा को’रोना पुष्टि भएको छ ।
२४ घण्टामा थप ७६८ जना कोरोना संक्रमणमुक्त भए:
पछिल्लो २४ घण्टामा थप ७६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २२ हजार १७८ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २१ हजार ४१० थियो ।